अरुलाई फसाउन खोज्दा आफैंलाई आपत
छोरी नदिएको निहुँमा लागुऔषध ओसारपासारको झुठ्ठो सूचना दिएर चौकीमा थुनाउने मोरङको धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंहको गिरोह समातिएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले अस्ति तीन जनालाई नियन्त्रणमा लिएको हो । छोरी नदिएको पुरानो रिसईबीको बदला लिन विशालले लागुऔषध ओसारप्रसारको झुठ्ठो सूचना दिएर केटीको बुवालाई थुनाउन खोजेका थिए ।
अनुसन्धानको क्रममा झुठ्ठो आरोप लगाएको पाइएपछि उनी आफैं थुनामा पुग्नुपरेको हो । कार्…