बेलायत पठाउने नाममा समातिए बराइली
प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठग्नेलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका -१५ स्थायी घर भई हाल लण्डन बस्ने ५० वर्षीय लालबहादुर बराइली हिजो काठमाडौंबाट समातिएका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनलाई काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. १२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल,काठमाडौँ पठाइएको बताए ।
बराइलीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई रोजगारीका लागि बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको प्रहरी भनाइ छ ।

टिप्पणीहरू