पोखरा विमानस्थलका अर्का आयोजना प्रमुख पनि तानिए

पोखरा विमानस्थलका अर्का आयोजना प्रमुख पनि तानिए

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना कार्यान्वयन इकाई प्रमुख प्रबन्धक विनेश मुनंकर्मी भ्रष्टाचारमा तानिएका छन् । पदीय मर्यादाविपरीतका काम गरेर अकुत सम्पत्ति जोडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित श्रीमती पूर्णकेशरी गोसाईंउपर पनि मुद्दा चलाएको हो । 

मुनंकर्मी २०५४ फागुन १ गते सरकारी सेवामा प्रवेश गरेका थिए । उनीविरुद्ध उजुरी परेपछि अख्तियारले ०८० मंसिर १४ गतेसम्मको सम्पत्ति जाँच गरेको थियो । त्यसक्रममा कुल सम्पत्तिमध्ये दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ । 

साथै, सो रकमबाट मुनंकर्मीले श्रीमती पूर्णकेशरीको नाममा घरजग्गालगायत सम्पत्तिहरु खरिद गरिएको देखिएकोले अख्तियारले दुवैलाई प्रतिवादी कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम गैरकानूनी रुपमा आर्जित सबै रकम जफत तथा कैद र जरिवाना सजाय मागदाबी गरेको छ ।

टिप्पणीहरू