बोरिङ्ग भ्रष्टाचारमा हाकिमसहित आधा दर्जनविरूद्ध मुद्दा

बोरिङ्ग भ्रष्टाचारमा हाकिमसहित आधा दर्जनविरूद्ध मुद्दा

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, दाङका तत्कालिन प्रमुख भोलाप्रसाद थापा भ्रष्टाचारमा तानिएका छन् । डिप बोरिङ्ग निर्माणमा अनियमिमताको आरोपमा उनीसहित ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा तत्कालिन इन्जिनियर बसन्तकुमार दुलाल, अधिकृत छैटौं माधवप्रसाद तिमिल्सेना, सबइन्जिनियर नुतन आचार्य, लेखापाल मनोज विष्ट र जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक शेखर शर्मा छन् । 

आर्थिक वर्ष २०८०–०८१ मा डिभिजनले हरिगाउँ डिप बोरिङ्ग आयोजना अघि बढाएको थियो । त्यसक्रममा उनीहरुको मिलीभगतमा अन्य कम्पनीलाई पन्छाएर बढी लागत प्रस्ताव गर्ने जयकाली ड्रिलिङ्ग्सलाई ठेक्का दिइएको तर न्यून गुणस्तरको काम गरिएको अख्तियारको ठहर छ । 

अख्तियारद्धारा आज विशेष अदालतमा दायर अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ११ लाख ११ हजार ८४४ रुपैयाँ बिगो कायम गरिँदै प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।

टिप्पणीहरू