साइकल चढेर झापाबाट गएका डिएसपी कञ्चनपुरमा
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायव उपरीक्षक (डिएसपी) युकेश उप्रेतीले साइकल यात्रा सम्पन्न गरेका छन्। सीमा क्षेत्रको भौगोलिक अध्ययन र सीमाका स्थानीयहरूको समस्या बुझ्न एक महिना अघि थालिएको यात्रा आज पूरा गरेका हुन् ।
उप्रेतीले कात्तिक २४ गते झापाको मेचीनगर नगरपालिका–६, नयाँ पुलबाट साइकल यात्रा सुरु गरेका थिए। आज कञ्चनपुरको गड्डाचौकी पुगेर आफ्नो यात्रा टुंग्याएका हुन्।


टिप्पणीहरू