सबै श्रेणीहरू

पिता र पुत्री दुवैलाई चाहियाे पद !

पिता र  पुत्री दुवैलाई चाहियाे पद !

माघ ११ गतेको राष्ट्रिय सभा सदस्य उम्मेदवारमा बुवा,फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छोरी ! प्रसंग एक राष्ट्रिय नेताको हो । राष्ट्रिय नेताका रुपमा चिनिएका महन्थ ठाकुरले राष्ट्रिय सभामा उम्मेदवारी दिएका छन् । 

८४ वर्षीय महन्थ मधेश प्रदेशबाट उम्मेदवार बनेका छन् । मधेशी जनताको नजरमा शक्ति र सत्ता हत्याउने पात्रको पहिचान बनाएका ठाकुरले छोरी डा.मिनांक्षी ठाकुर झालाई महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट उठाएका छन् । 

०४८ सालदेखि नै सत्तासुख भोग गरिराखेका महन्थ दुईपटक हाल गगन थापा उठेको सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएपछि महोत्तरी झरेका थिए । संविधान निर्माणको बेला मधेशी असन्तुष्टिको बलमा सांसद जिते । 

उनी महोत्तरी झरेपछि मतदाताको मत किनबेच शुरु भएको गम्भीर आरोप छ । पैसाको खेलोमेलोका कारण ०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भए । त्यतिखेर यो चुनाव आफ्नालागि अन्तिम भएको भन्दै मतदातासँग भावनात्मक खेलबाड गरेको आरोप पनि छ ।

मटिहानी नगरपालिका प्रमुख हरि मण्डलसँग बुझ्न खोज्दा उनले भने,‘उहाँको उम्मेदवारीबारे हामीले  उम्मेदवारी छनौटपछि थाहा पायौं । यो विषयमा जिल्लाका साथीहरुसँग व्यापक छलफल,समन्वय र रायसुझाव संकलन गर्नुपर्थ्यो । त्यो भएन ।’ 

तर, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनताका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा महन्थको पार्टी पनि सहभागी भयो । ओलीसँगै उनी पनि बढारिए । 

तत्कालिन श्रममन्त्री शरदसिंह भण्डारीले गरिब मधेशी युवायुवती मजदुरीका लागि खाडी मुलुकमा जाँदा श्रम स्वीकृतिका लागि स्वास्थ्य परीक्षणको तीन हजार शुल्क बढाएर नौ हजार रुपैयाँ पुर्याए । त्यसमा पनि करोडौंको चलखेल भएको आरोपमा भण्डारीसँगै महन्थ पनि मुछिए ।

आसन्न निर्वाचनमा महन्थ ठाकुर प्रत्यक्षतर्फ नलड्ने नभएपछि पालो कुरेर बसिराखेका कतिपय उनका नेता, कार्यकर्ता माघ ६ गते सम्पन्न मनोनयन दर्तासँगै दुःखी बनेका छन् । यसै असन्तुष्टिका बीच ठाकुरले छोरी मिनांक्षीलाई महोत्तरी ३ बाट उठाएका छन् । 

रुपान्तरणको साटो पुस्तान्तरण गरिएको भन्दै  विरोध कार्यकर्तामा सुनिन्छ । यसै सन्दर्भमा जनआस्थाले उनको पार्टीबाट  मटिहानी नगरपालिका प्रमुख हरि मण्डलसँग बुझ्न खोज्दा उनले भने,‘उहाँको उम्मेदवारीबारे हामीले  उम्मेदवारी छनौटपछि थाहा पायौं ।
 । यो विषयमा जिल्लाका साथीहरुसँग व्यापक छलफल,समन्वय र रायसुझाव संकलन गर्नुपर्थ्यो । त्यो भएन ।’ 

उनले थपे, ‘चुनावको परिणामपछि समीक्षा त होला नै ।’ उनले आफ्नो उम्मेदवार जित्ने पनि दावी गरे ।