सबै श्रेणीहरू

बालेनको भविष्यबारे के भन्छन् वर्षमान ?

बालेनको भविष्यबारे के भन्छन् वर्षमान ?

अनेकथरी उम्मेदवार जनताको घरदैलोमा पुग्ने क्रम जारी छ । सम्पूर्ण चुनावी प्रक्रियाप्रति कतिपयले ‘पुरानो विरुद्ध नयाँ’ को भाष्य बनाइरहेका छन् । यसको दबाब पुराना दलका नयाँ उम्मेदवारहरूमाथि पनि परेको देखिएको छ। जति धेरै नयाँ नेता,त्यति नै नयाँ चटक देख्न पाइन्छ ।

यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन साहको मेयर हुँदा जस्तो औपचारिक सचिवालय अहिले देखिँदैन । पुरानो सचिवालयबाट कुमार बेन र नवीन भण्डारी मात्र कुदिरहेका छन् । बालेनको सचिवालयमा कलाकार अर्जुन पाण्डे,"रुटिन अफ नेपाल बन्द" चलाउने भिक्टर पौडेलका साथी सुवास शर्मा र सुदन गुरुङका सहयोगी जेम्स पनि थपिएका छन् । निश्चल बस्नेत सचिवालयमा औपचारिक रूपमा नभए पनि सल्लाहकार र रणनीतिकारको भूमिकामा रहेको बुझिन्छ । 

बालेनसँग भेट गरेर कुरा राख्न नयाँ पुस्ताका केही र व्यवसायीहरूले सचिवालयमार्फत प्रयास गरिरहेको तर धेरैले पालो नपाएको बताइन्छ । बालेनलाई भेट्न जानेहरू,भेट्न नपाउनेहरू र भेटेर फर्किएकाहरूबीच ठट्टा चल्ने गरेको छ।

‘माओवादीमा २०६४ सालमा अनेक स्वार्थ बोकेर मानिसहरू छिरे । तिनलाई रोक्न सकेनौँ । तर हामीसँग जनयुद्धको रापताप र विचार थियो,त्यसैले अहिलेसम्म टिक्यौँ । रवि र बालेनजी स्वार्थले मात्र जोडिएको जोडी भएकाले त्यो लामो समय जाँदैन । बालेनजीको पछि पछि झन् धेरै स्वार्थी मानिसहरू आउने भएकाले झन् छिटो फुट्ने सम्भावना छ।’ 

‘बालेनले ठूलै रकम चन्दा दिए मात्र फोन नम्बर सेभ गर्छन् । कम चन्दा दिनेहरूलाई टाउको हल्लाउँदै ‘ठीक छ, ठीक छ’ मात्र भन्ने गरेका छन् । निकै ठूलो चन्दा रकम कबुल गर्नेले चाहिँ फेसबुकमा फ्रेण्ड बन्न पाउँछन् । भेट मिलाउन सचिवालयलाई खुशी पार्नुपर्ने सम्मको बाध्यता छ । 

यी कुरा एक जना व्यवसायीले पूर्व अर्थमन्त्री वर्षमान पुनलाई सुनाएपछि उनले भनेका रहेछन्, ‘बालेनजी अहिले ०६४ सालको हामीजस्तै हुनुहुन्छ। त्यतिबेला पार्टीले नमाग्दा नचाहिँदै पनि सहयोग ओइरिएको थियो । कतिपय पैसा त हामीसम्म नआइकन वीचैमा साथीहरूले चप्काए पनि ।’

तर पुनले बालेन र रविको जोडी लामो समय नटिक्ने निश्कर्ष निकालेका छन् । रोल्पामा व्यस्त उनले आफ्नो टिमसँगको गोप्य छलफलमा भनेका छन्, ‘माओवादीमा २०६४ सालमा अनेक स्वार्थ बोकेर मानिसहरू छिरे । तिनलाई रोक्न सकेनौँ । तर हामीसँग जनयुद्धको रापताप र विचार थियो,त्यसैले अहिलेसम्म टिक्यौँ । रवि र बालेनजी स्वार्थले मात्र जोडिएको जोडी भएकाले त्यो लामो समय जाँदैन । बालेनजीको पछि पछि झन् धेरै स्वार्थी मानिसहरू आउने भएकाले झन् छिटो फुट्ने सम्भावना छ।’

वर्षमान पुनले आफूहरूलाई सहयोग गर्दै आएका केही व्यवसायीहरू अहिले बालेनलाई सहयोग गर्न दौडिएको समेत भन्न भ्याएका छन्  ।