एमाले अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीले सरकारले अझै चुनावको वातावरण तयार गर्न नसकेको टिप्पणी गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा ओलीले उक्त धारणा राखेका हुन् ।
घोषणापत्र निर्माणको लागि क्षेत्रीय विज्ञहरूसँगको छलफलमा उहाँले निष्पक्ष र धाँधलीरहित चुनाव हुनेमा आशंका कायम रहेको स्पष्ट गर्नुभएको हो । निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार, ओलीले भदौ २३ र २४ गतेको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शाहीले थपे, ‘पार्टीले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दीगो विकास मार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहना पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको छ।’