सबै श्रेणीहरू

राष्ट्रपति जापान जाने, प्रहरीको भत्ता बढ्यो

राष्ट्रपति जापान जाने, प्रहरीको भत्ता बढ्यो

राष्ट्रपति रामचन्द्र पौडेल जापान जाने भएका छन् । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको अवसरमा टोकियोमा आयोजना हुने क्रार्यक्रममा सहभागी हुन राष्ट्रपति जापान जान लागेका हुन् ।  

आज बसेको क्याविनेट बैठकले भ्रमण स्वीकृत गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार तीन दिने भ्रमणमा लागि राष्ट्रपति पौडेल माघ १८ गते जापान प्रस्थान गर्नेछन् । 

क्याविनेट बैठकले नेपाल प्रहरीको राशन रकम वृद्धि गर्ने निर्णय पनि गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी राशन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।