प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुधन गुरुङले सरकारसङ्ग सुरक्षा मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गुरुङले स्थानीय प्रशासनलाई गोप्य सूत्राको हवाला दिएर हतियारसहितको सुरक्षाकर्मी माग गरेका हुन् ।
रास्वपा गोरखा जिल्ला समितिले उम्मेदवार गुरुङको सुरक्षा सुनिश्चित गरिदिन जिल्ला प्रशासन कार्यालय गोरखालाई औपचारिक पत्राचार गरेको छ । जिल्ला सचिव मिलन रानाले सिडिओलाई पठाएको पत्रमा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गुरुङ घरदैलो कार्यक्रममा सक्रिय रहेको र यही क्रममा गम्भीर सुरक्षा जोखिम देखिएको उल्लेख छ ।
पत्रमा प्राप्त गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिको समूहबाट गुरुङलाई धम्की दिइएको तथा व्यक्तिगत सुरक्षामा खतरा बढेको दावी गरिएको छ।
पत्रमा प्राप्त गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिको समूहबाट गुरुङलाई धम्की दिइएको तथा व्यक्तिगत सुरक्षामा खतरा बढेको दावी गरिएको छ। त्यसैले गुरुङका लागि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) सहित आवश्यक सुरक्षा व्यवस्था तत्काल मिलाइदिन भनिएको छ ।
सुधनमाथि भदौ २३ गतेको काठमाडौंको प्रदर्शन आयोजक जेन जीहरुबाट हाइज्याक गरेर नक्कली जेन जीको नेता बनेको आरोप छ । उनको समूहले त्यो दिन शंकास्पद समूहसँग मिलेर पानी बाँडेको थियो भने भोलिपल्टको विध्वंश मच्चाउनेमा प्रमुख हात रहेको आरोप छ । अहिले आफूमाथि गाउँमा सुरक्षा चुनौती बढेको भन्दै प्रशासन गुहारिएको छ ।
भदौ २४ गतेको विध्वंशमा सिंहदरबार, संसद भवन,सर्वोच्च अदालत,राष्ट्रपति भवनलगायत अधिकांश प्रहरी कार्यालय ध्वस्त बनाइएको छ । आधा दर्जन प्रहरीलाई कुटीकुटी मारिएको थियो । हजारौं हतियार र झण्डै एक लाख गोली लुटिएको थियो । रास्वपा सभापति रवि लामिछानेलाई नख्खू कारागारबाट निकालेपछि भागेका पाँच हजारभन्दा बढी कैदीबन्दी अझै बेपत्ता छन् ।
