राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साह आज सुदूरपश्चिम प्रदेशबाट कर्णाली प्रदेश प्रवेश गर्ने भएका छन् । चुनावी अभियानका लागि केही दिनयता सुदूरपश्चिममा रहेका उनी आज कर्णाली जान लागेका हुन् ।
सुदूरपश्चिमको अछाममा कार्यक्रम सकाएर उनी दिउँसो २ बजे कालिकोटको मान्म पुग्ने छन् । दिउँसो ४ बजे दैलेख र साढे ६ बजे सुर्खेतको वीरेन्द्रनगर पुग्ने कार्यक्रम छ । उनको रात्रिबास वीरेन्द्रनगरमा हुने जनाइएको छ । बालेन फागुन २१ गतेको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् ।