प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको चुनावी प्रचार अभियानमा भदौ २४ गतेको विध्वंशमा संलग्न महिला पनि सक्रिय भएको पाइएको छ । बालेन पत्नी सविना काफ्लेको जारी घरदैलो अभियानमा सक्रिय एक महिला सिंहदरबार जलाउने कार्यमा संलग्न थिइन् ।
हाल सुदूरपश्चिमको यात्रामा रहेका बालेन पत्नी र उनको टिमले केही दिनयता झापा ५ का विभिन्न भागमा पुगेर भोट मागिरहेको छ । उनीसँगै एक महिला पनि घरदैलो अभियानमा देखिएकी छन् । भदौ २४ गते सिंहदरबारको मूलगेट तोडफोड हुँदै गर्दा उत्साहित भएर रमाएको तस्बिर सामाजिक सञ्जालमा सर्वत्र छ ।
जेनजी विध्वंशमा सिंहदरबार खरानी बनाउन संलग्नमध्येकी एक ती महिला सविनाको टिममा देखिनुले विभिन्न आशंका उत्पन्न गराएको छ । कुनैबेला ‘सिंहदरबार जलाइदिन्छु’ भनेर धम्की दिएका बालेनको चुनावी अभियानमा ती महिलाको आवद्धताले सुनियोजित षड्यन्त्रको आशंका र आरोपमा थप बल पुगेको छ ।