लेखक बयान दिन तयार,ओलीको पत्तो छैन

लेखक बयान दिन तयार,ओलीको पत्तो छैन

भदौ २३ गतेको प्रदर्शन र २४ गतेको जेन जी विध्वंशमा भएको जनधनको क्षति छानबिन गर्न गठित आयोगले सम्बन्धित सबै निकायका व्यक्तिसँग एकसरो बयान लिएको छ । पुस ९ गतेसम्म म्याद रहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली सेना र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन भने बाँकी छ । 

‘आयोगले बयानको क्रम लगभग सकाएको छ । अब पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक मात्रै बाँकी छन्,’ आयोग स्रोतले भन्यो, ‘बयानका लागि लेखक आयोगमा आउन तयार छन् ।’ 

तर,पूर्व प्रधानमन्त्री ओली आउने सम्भावनाबारे भने स्रोतले केही पनि खुलाएन । आयोग सदस्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आए आउँछन्, नआए रिपोर्टमा लेख्छौं । त्यसपछि रिपोर्ट कार्यान्वयनको जिम्मा सरकारको हुन्छ ।’ ती दिनका घटनाबारे सोधिएको व्यहोराको पत्र र बयान दिने सम्बन्धमा आयोगले कुनै प्रतिक्रिया दिएको छैन ।

टिप्पणीहरू