सरकारलाई नाटक मञ्चन नगर्न ओलीको चेतावनी

सरकारलाई नाटक मञ्चन नगर्न ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी सरकारले जेन जीहरुसँग गरेको सम्झौतालाई नाटकको संज्ञा दिएका छन् । उनले चुनाव सम्पन्न गर्ने एक मात्र जिम्मेवारी पाएको सरकारले संवैधानिक दायरा नाघेर सम्झौताको नाटक गरेको बताए । उनले यस्तो नाटक मञ्चन नगर्न सुशीला कार्की नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।

पार्टीको ११ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा आफ्नो पार्टी चुनावबाट नभाग्ने बताउँदै कसैलाई पनि त्यस्तो नसोच्न आग्रह गरेका छन् । सरकारलाई सुरक्षाको ज्ञारेन्टी गर्न आग्रह गर्दै त्यस्तो अवस्थामा हुने चुनावमा बहुमत ल्याउने दाबी गरे ।
ओलीले असंवैधानिक तवरले विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना गराएरै छाडिने बताए । तर पनि चुनावबाट एमाले पछि नहट्ने उनको उद्घोष छ ।

टिप्पणीहरू