भदौको घटना राज्यमाथिको आक्रमणः पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेका घटनालाई राज्यमाथिको आक्रमणको रूपमा चित्रण गरेका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै खड्काले ती घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।
खड्काले जेन जीका नाममा मुलुकका राष्ट्रिय धरोहरहरू ध्वस्त बनाइएकोमा रोष प्रकट गरेका छन् । ऐतिहासिक संरचना, राज्यक विभिन्न अंग, सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम खरानी बनाइएको घटनाप्रति सबै गम्भीर हुुनुुपर्ने खड्काको भनाइ छ । उनले भने, ‘यस्ता कार्य किन र कसरी भए भन्ने विषयमा सबै राजनीतिक दलले जिम्मेवारीबोध गर्नुपर्छ । राज्य प्रणालीमाथि भएको आक्रमणविरुद्ध सबै एक ठाउँमा उभिनुपर्छ ।’
जनताको अधिकार र लोकतान्त्रिक व्यवस्था रक्षाका लागि दलहरूबीच सहकार्य अपरिहार्य रहेको काँग्रेसको धारणा छ ।
टिप्पणीहरू