दिउँसै रात नपार्नु न हो श्रीमान्
देशको प्रमुख तीन अंगमध्ये एक न्यायपालिकाका दुई शीर्ष श्रीमान्बीच केटाकेटीको बोलचाल बन्द भएकै जस्तो अवस्था छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानविच कतिपय विषय र व्यवहारमा मतैक्यता नमिलेपछि यस्तो अवस्थाको अनुभूति भएको अन्य न्यायाधीश र कर्मचारीहरूले बताउन थालेका छन् । दुवै जना वकिल पृष्ठभूमिबाट आएका हुन् ।
२०१२ सालतिर हरिप्रसाद प्रधान प्रधानन्यायाधीश भएको बेला प्रधानमन्त्री भइसकेका टङ्कप्रसाद आचार्यलाई अदालतको अवहेलनामा ६ महिना जेल सजायँ दिएका थिए । केही दिनअघि संवैधानिक इजलासमा बहस गर्न पुगेका सुलभ खरेललाई बेहोस हुने गरी थर्काइयो । ०२५–२६ सालतिर तत्कालीन मान्य थीरप्रसाद पोखरेलले राष्ट्रिय पञ्चायतमा आफ्नो कुरा राख्ने क्रममा पोको नबुझाइकन न्याय पाइन्न भनेपछि उनलाई अदालतको अवहेलनामा जेल पठाएको थियो । त्यसबखत नै संविधानको व्याख्यामा संसद् कि सर्वोच्च अदालत ठूलो सवाल उठेको थियो । त्यसबेला सर्वज्ञरत्न तुलाधरले संविधानको हकमा अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हो भनी बहस गरेका थिए । अदालत जलाउनुपर्छ भन्नेहरू पनि सर्वोच्च अदालतले खासै कारवाही गर्न सकेको अवस्था छैन ।
यति बलियो र गौरवशाली इतिहास भएको न्यायलयमा हालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूप्रतिको मानसम्मान आफैँले गिराएको गाइँगुइँ चल्न थालेको छ । केही दिनअघि बिदाको दिन झण्डा हल्लाउँदै एक जना उच्च प्रहरी अधिकृतको क्वार्टरमा पुगेर घण्टौँसम्म मापसे गरेकोे दावीसहित यस्तो चर्चा चलाइएको हो । केहि महिना अगाडि जंगी अड्डामा आयोजित एक कार्यक्रममा सँगै टोस्ट गर्ने पाहुनाहरू बिदाइ भए पनि उनी एक्लै राति अबेरसम्म चुस्कीमा रमाएको बताइन्छ । त्यो दिन पनि सञ्चो छैन भन्दै तरलमा मात्रै रमाएको सैनिक स्रोतको दावी छ । गरिमामय पदमा आसीन व्यक्तिले कोसँग र कहाँ बसेर यस्तो सोख पूरा गर्नुपर्ने हो त्यसतर्फ बिल्कुलै ध्यान नदिएको भन्दै गुनासो गर्न थालिएको बताइन्छ ।
न्यायालयमा सुधारको निम्ति आवश्यक कार्ययोजना बनाउने, फैसलाहरू समयमै लेख्ने, लेखाउने, नजिरहरू अध्ययन गर्नेलगायत महत्वपूर्ण कामप्रति पनि नेतृत्वको खासै ध्यान गएको पाइन्न । पारिवारिक दायित्व पनि खासै नभएकाले समय यसरी बित्ने गरेको हुन सक्छ । तीन महिनापछि राउत रिटायर्ड हुँदै छन् । त्यसपछि खाएको बेला उठाउने बसाउने सहयोगीको पनि अभाव हुने भएकाले बेलैमा आनीबानी र स्वास्थ्यमा ख्याल राखे सबैको कल्याण हुने शुभेच्छुकहरूले भन्न थालेका छन् ।
केही दिनअघि सर्वोच्च अदालतका केही न्यायाधीशलाई हटाउने योजनासाथ अध्यादेशको मस्यौदा तयारी भएको बताइन्छ । स्रोतका अनुसार राजनीतिक नियुक्तिप्राप्त र नातेदार भन्ने नाममा सपना प्रधान मल्ल, नहकुल सुवेदी, मनोज शर्मा, कुमार रेग्मी र हरि फुयाँललाई पाखा लगाउने ध्येयसहित छिट्टै घर जान लागेका तिलप्रसाद श्रेष्ठले अध्यादेश तयार पारेका थिए । श्रेष्ठका ज्वाइँ आदर्श प्रधानमन्त्री सुशीला कार्कीका पिए भएकाले उनैको आडमा यस्तो अध्यादेशको मस्यौदा गरिएको थियो । यस निम्ति श्रेष्ठले सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सुधन गुरुङलगायतसँग भेटघाट गरेका थिए । माथिका ५ न्यायाधीशलाई अध्यादेशको घानमा पारेर हटाउन पाइयो भने आउँदो भदौमा घर जानुपर्ने आफू ११ महिना प्रधानन्यायाधीश बन्न सकिने तिलप्रसादको आकलन थियो भनिन्छ ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू