सशस्त्र हाकिमहरु देशभर साटसुट
सीमा क्षेत्रको राम्रो अनुगमन नभएका कारण लक्ष्यअनुरूप राजश्व नउठेको, चुहावट भएको आलोचना बढ्न थालेपछि सशस्त्र प्रहरीले चार जना एसएसपीलाई गत शनिबारदेखि मुख्यमुख्य भन्सार नाकाहरूमा खटाएको छ ।
हेडक्वार्टरले कोशी प्रदेशको बिराटनगरस्थित रानी र झापाको काँकडभिट्टा नाकामा .एसएसपी दिग्विजय सुवेदी, मधेश प्रदेशको धनुषा र पर्सा वीरगञ्जमा माधवप्रसाद पौडेल, लुम्बिनीको भैरहवा, कपिलवस्तु र नेपालगञ्जमा रविन्द्रराज कर्णजित तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर क्षेत्रमा गंगाराम श्रेष्ठलाई विशेष निगरानी गर्ने जिम्मेवारी दिई पठाएको बताइन्छ ।
टिप्पणीहरू