सत्य असत्य जंगी अड्डाले नै जानोस्
सेनामा महँगा हतियारदेखि हेलिकप्टरसम्म खरिदमा बिचौलिया हावी हुने गरेका छन् । अर्बौँ अर्बको खरिदमा भ्रष्टाचार हुने गरेपनि अख्तियारलाई छानबिन गर्ने अधिकार नहुँदा सेनामा भ्रष्टाचार वर्षैपिच्छे बढ्दै गएको देखिन्छ ।
४९ वर्षअघि शुरु कल्याणकारी कोष परिचालनमा नेतृत्व चुक्दै आएको छ । एक खर्ब नाघेको कोष राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्रभुराम शर्मा हुँदै अशोकराज सिग्देलसम्म पनि दोहन गर्ने क्रम जारी छ । अझ जेन्जी आन्दोलनपछिको राजनैतिक रिक्ततामा भ्रष्टाचार झनै मौलाएको छ । नेपालीहरूको मुख्य चाड तिहारलाई केन्द्रमा राखेर आफ्नो मान्छेलाई टेण्डर पार्न अनुकूलको मापदण्ड बनाई खरिदकार्य गरिएको खुल्न आएको छ ।
सिफारिस गर्न योग्य नहुँदा हुँदै पुनः प्राविधिक मूल्यांकन गरी सेटिङको कम्पनीलाई पारिएपछि खैलाबैला मच्चिएको छ । सेनापति सिग्देलकै सम्धी यादव कुँवर हावी हुँदै अनुकूलको प्रतिस्पर्धीलाई टेण्डर पारिएपछि सहायक रथी भुवन कुँवर, उपरथी अरुण शर्मा, प्रकाश देउजाको भित्र भित्रै कुरा काट्न थालिएको छ । क्यान्टिन सञ्चालनको टेण्डर आफ्नो ठेकेदारलाई पार्नेदेखि उपकरण, दबाई खरिदसम्ममा खरिदमा सम्धी कुँवरले सेटिङ मिलाउने गरेका छन् । पछिल्लो समय पनि यस्तै घटना बाहिरिएको छ । प्राविधिक उपरथी कमल विक्रम शाहलाई अगाडि सारेर सम्धीको सम्बन्धबाट कमसल सामान खरिदको टेण्डर पारिएको छ ।
कार्यालयको खरिद कार्य ठेक्का नं. NAWF/EWCEB/NC/MH/CHHAUNI/2082/8/3/29 अनुसार छाउनीस्थित Construction of Modular OT at Shree Birendra Hospital Chhauni मा ४६ आइटमका सामान खरिद गर्दा मिलेमतो भएको पाइएको छ । १३ करोड माथिका उपकरण खरिद हुँदैछ ।
टेक्निकल एसोसियट्स सर्भिसेजका सामग्री अन्य कम्पनी जस्तै : Mitsubishi, Paramount जस्ता प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ब्राण्डसँग तुलना गर्दा प्राविधिक गुणस्तर र विश्वसनीयता रूपमा कमजोर देखिन्छ ।
टिप्पणीहरू