बुद्ध एयरमा लाग्यो अंकुश

बुद्ध एयरमा लाग्यो अंकुश

पुस १८ गते राति झापाको भद्रपुर एयरपोर्टमा ल्याण्ड गर्ने बेला बुद्ध एयरको जहाज दुर्घटना हुँदा ठूलो मानवीय क्षति भने हुन पाएन । तर सो दिन बुद्ध एयरको जहाज को पाइलटले उडाएको बुझिएको छ । झापा, दमककै सुशान्त श्रेष्ठले जहाज ल्याण्ड गरेका थिए । को–पाइलटले ल्याण्ड गर्दाका पाइलट शैलेस लिम्बू थिए । राति ९ बजेर १० मिनेटमा ओभर रन भई जहाज दुर्घटनामा परेको बताइएको थियो । यसअघि ‘पाइलटले कोपाइलटको उडान आवर हेरेर मात्र ल्याण्ड गर्न दिने अभ्यास थियो । तर सो दुर्घटनापछि सर्कुलर नै गरेर को–पाइलटलाई अंकुश लगाउन थालिएको छ,’ स्रोतले भन्यो । 

ल्याण्ड गराउँदा धावनमार्गबाट जहाज चिप्लिएर झाडीमा पुगेको थियो । तर आगलागी हुन नपाएपछि यात्रुको ज्यान जोगियो । सो दुर्घटनापछि एयरपोर्ट आसपासका रूख काट्न लगाइएको छ । ठूलो दुर्घटना टरेपछि सिडिओ, सशस्त्र, सेना, वनदेखि एयरलायन्स, एयरपोर्टका हाकिमसहितको बैठकले वरिपरीका रुख काटेर, अव्यवस्थित बस्ती हटाउनेबारे छलफल गरेका हुन् । 

जहाज झाडीमा पुग्दा को–पाइलट घाइते भएका थिए । त्यसदिनदेखि को–पाइलटले ल्यान्ड गर्न नपाउने सर्कुलर भैरहवा, धनगढी, काठमाडौँ र पोखराको हकमा जारी गरिएको छ’, स्रोतले भन्यो । बुद्ध एयरसँग मात्रै १५० जना जति पाइलट छन् । दुर्घटनामा परेको जहाज निकालेर केही वर सारिएको छ ।

(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू