गुण्डुमा खसी कम काटिँदै

गुण्डुमा खसी कम काटिँदै

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि रक्षात्मक बनेको एमालेलाई युवासंघको आवरणमा महेश बस्नेतले जुरुक्क उठाएको चर्चा छ । यही कारण सबैभन्दा बढी मत ल्याएर सचिवमा उनैले जिते । युवा संघका अध्यक्ष क्षितिज थेबे पनि एमाले केन्द्रीय सदस्यमा विजयी भए । 

बस्नेत र क्षितिज भन्दाअगाडि बढेर ओली बा आइलभयु भन्दै कार्यकर्ता उठाएर गुण्डु लगेका वर्तमान उपाध्यक्ष महाराज गुरुङलाई माघ पहिलो साताको कार्यकर्ता भेलामार्फत अध्यक्ष बनाउन ओलीले निर्देशन दिएका छन् । निर्वतमान इञ्चार्ज राजिव पहारी, ओली प्रधानमन्त्री रहेको बेलाका जनसम्पर्क सल्लाहकार किरण पौडेल, निरुदेवी पाल र क्षितिज थेबेले भने इन्चार्जमा दावा पेश गरिरहेका छन् । 

‘संगठन राम्रोसँग चलाउने भन्दा पनि बा भनेर लभयु को वातावरण कसले बनाउन सक्छ भनी च्याँखे हानेजस्तो बुझेको छु ।’ ओलीको सुरक्षामा खटिएका युवा संघका नेता भन्छन्, ‘बा भनेर घुँक्क घुँक्क गर्न सक्ने, लभ युको नारा घन्काउनेवाहेक अरुलाई इञ्चार्ज दिनुहोला जस्तो लाग्दैन ।’ ओलीले जनसंगठन संयन्त्रको संयोजक महेश बस्नेतलाई बनाउने बताइसकेका छन् । यसअघिका संयोजक भानुभक्त ढकाललाई दोहोरिन मन छैन ।

नेशनल भोलेन्टियर्श फोर्स बनाउनुभन्दा पहिला ओलीको सुरक्षाको जिम्मा युवा संघले लिएको थियो । त्यसरी खटिएका युवाहरुका लागि काटिँदै आएको खसी केही दिनदेखि काट्न छाडिएको फोर्सका एक सदस्यले बताए । उनका अनुसार पहिला युवा संघले खसीको व्यवस्था गथ्र्याे, महाधिवेशनपछि सुरक्षाको जिम्मा पुरै फोर्सलाई दिँदा खसी खान नपाएको उनले बताए ।
 

टिप्पणीहरू