भृकुटीमण्डपमा विशेष महाधिवेशनकाे तयारी, सानेपामा भेला

भृकुटीमण्डपमा विशेष महाधिवेशनकाे तयारी, सानेपामा भेला

नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर चर्किएको विवाद तत्काल साम्य हुने देखिएको छैन । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको समूह जसरी पनि विशेष महाधिवेशन गर्ने रणनीतिमा छन्, भने संस्थापन पक्षले त्यसलाई रोक्न विभिन्न प्रयासहरु गरिरहेको छ । 

यसैबीच संस्थापन पक्षले थापा-शर्मा समूहले विशेष महाधिवेशन तोकेकै मितिमा जिल्ला सभापतिहरुको भेला बाेलाएकाे छ । आज दिउँसो महाराजगञ्जस्थ्ति सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन पक्षको बैठकले पुष २७ र २८ गते पार्टी मुख्यालयमा भेला आयोजना गर्ने निर्णय गरेको हो । 

महामन्त्री द्वय थापा र शर्माको समूहले विशेष महाधिवेशनको आह्वान गर्दै विभिन्न उपसमिति समेत गठन गरेर तयारी गरिरहेको पृष्ठभूमिमा जिल्ला सभापतिहरुको भेला बोलाइनुलाई कतिपयले संस्थापन पक्षको काउण्टरको रुपमा हेरेका छन् । यद्यपि, विशेष महाधिवेशनको पक्षमा रहेका केही जिल्ला सभापतिहरुले भने पुष २६ गते नै काठमाडौँ पुग्न प्रतिनिधिहरुलाई अपील गरिरहेका छन् । 

ललितपुर, कास्की, सिन्धुपाल्चोक, उदयपुरसहित ३५ जिल्लाका सभापतिहरु विशेष महाधिवेशनको पक्षमा रहेको बताइन्छ । विशेष महाधिवेशन समूहले भृकुटीमण्डपमा सजावटकाे काम समेत सुरू गरिसकेकाे छ ।

टिप्पणीहरू