सन्जय दत्त र प्रचण्डवीच बिशेष भेट,सन्नी लियोनी भोलि आउने
दरवारमार्गस्थित होटल बाराहीमा खुल्न लागेको बादशाह क्यासिनो उद्घाटनमा सहभागी हुन आज काठामाण्डौ आइपुगेका भारतीय सिने अभिनेता सन्जय दत्तले एक छिनअगाडि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भेटेका छन् । आजको क्यासिनो उद्घाटनमा सामेल भएर उनको भोलि नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।
यसरी नै न्युड सिनेमाकी अभिनेत्री सन्नी लिओन पनि सोही क्यासिनोको कार्यक्रममा भाग लिन भोलि काठमाडौँ आउने कार्यक्रम रहेको बुझिएको छ ।
टिप्पणीहरू