जुवाघर थाल्न काठमाडौँ आइपुगे भारतीय अभिनेता सञ्जय दत्त
चर्चित बलिउड अभिनेता सञ्जय दत्त नेपाल आएका छन् । उनी आज साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
होटल बाराही (चार तारे)को क्यासिनाे उद्घाटनका लागि दत्त काठमाडौँ आएको बुझिएको छ । उनलाई स्वागत गर्न क्यासिनोका कर्मचारी विमानस्थल पुगेका थिए ।
आज राती होटलमा भव्य समारोहका बीच क्यासिनो उद्घाटन हुँदैछ । दत्त भोलि नै स्वदेश फर्किने बताइएको छ ।
टिप्पणीहरू