मन्त्रीज्यू,अमेरिका नगई राजीनामा नदिने ?

मन्त्रीज्यू,अमेरिका नगई राजीनामा नदिने ?

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको आगामी अमेरिका भ्रमण विवादमा परेको छ । सरकारमाथि तोकिएकै मितिमा निर्वाचन गराउनुपर्ने दबाब बढिरहेको बेला पर्याप्त तयारी गर्न जोड दिनुपर्नेमा एक मामुली कार्यक्रमको लागि विदेश जान लागेको भन्दै सर्वत्र आलोचना शुरु भएको हो । 

बताइएअनुसार माघ ३ गते आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन दि डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुशन’सम्बन्धी कार्यक्रममा सहभागी हुन गुप्ता न्युयोर्क जान लागेका हुन् । तर अमेरिकामै बस्दै आएका एक अभियन्ता भन्छन्, ‘यो एउटा मामुली कार्यक्रम हो,यसकै लागि भनेर मन्त्रीज्यू नेपालबाट आउन लाग्नुभएको हो भने त्यो आवश्यक नै थिएन, भ्रमण गर्ने उहाँको रहर मात्रै हो भने बेग्लै कुरा !’

मन्त्री गुप्ताले भ्रमण स्वीकृत गराउन पछिल्लो क्याबिनेटमा राखेको प्रस्तावमा समावेश गरिएको निम्तो पत्र पनि ‘स्क्रिप्टेड’ रहेको पनि स्रोतको दावी छ । ‘म त अहिले पनि भन्छु,उहाँले भ्रमण रद्ध गरेर चुनावको तयारीमा लागे हुन्छ, यहाँ आउँदा-जाँदा बेकार समय र रकमकाे दुरूपयाेग मात्रै !’ त्यहाँ हुने भनिएको कार्यक्रम समेत उता छुट्टै विवादमा परेको बताइन्छ । 

‘म त अहिले पनि भन्छु,उहाँले भ्रमण रद्ध गरेर चुनावको तयारीमा लागे हुन्छ, यहाँ आउँदा-जाँदा बेकार समय र रकमकाे दुरूपयाेग मात्रै !’

यता अन्य जेनजी युवाहरु पनि मन्त्री गुप्ताको आगामी भ्रमणबाट सन्तुष्ट देखिएका छैनन् । सरकारका एक मात्र जेनजी मन्त्री रहेका उनले भदौ २३ र २४ गते घटनाका पीडितहरुको माग सम्बोधन गर्न लाग्नुपर्नेमा विदेश घुम्न रहर गरेको उनीहरुको बुझाई छ । स्रोतका अनुसार अमेरिका भ्रमणबाट फर्किएपछि राजनीमा दिने गुप्ताको तयारी छ । निकटस्थ एक जेनजी अगुवा भन्छन्, ‘अमेरिकाबाट फर्केिएपछि राजीनामा दिने मनस्थिति बनाउनुभएको छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट बैठकमै ‘चुनाव लड्ने मन बनाउनुभएका मन्त्रीज्यूहरुले राजीनामा दिएर फिल्डमा गए हुन्छ नि’ भनेको विषय सार्वजनिक भएको अवस्थामा उर्जामन्त्री कुलमान घिसिङले हिजै राजीनामा दिइसकेका छन्, भने सञ्चारमन्त्री जगदिश खरेल र खेलकुदमन्त्री गुप्तामाथि दबाब बढेको छ । उक्त पृष्ठभूमिमा मन्त्री गुप्ताले अमेरिका भ्रमण गरेर मात्रै राजीनामा दिने याेजना बनाएकाे जनकार स्रोत बताउँछ । गत कात्तिक ९ गते मन्त्री नियुक्त भएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति झुकाव राखेको देखिन्छ ।

टिप्पणीहरू