लौरो टोलीद्वारा बालेनको घर घेर्ने चेतावनी,रविको दाइसमेत त्यसैमा सामेल

लौरो टोलीद्वारा बालेनको घर घेर्ने चेतावनी,रविको दाइसमेत त्यसैमा सामेल

र्‍यापर बालेन साहलाई काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेको ‘लौरो अभियान’ले आगामी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिने भएको छ । अभियानले आज काठमाडौँमा विशेष भेला र पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र लौरो चुनाव चिन्ह फिर्ता गर्न बालेनलाई अल्टिमेटम समेत दिएको छ । 

०७९ को प्रदेश र संघ निर्वाचनमा देशभरबाट ३६७ जनाले स्वतन्त्र उम्मेद्वारी दिएपछि कानुनी प्रयोजनको लागि ‘हाम्रो नेपाली पार्टी’ खोलेर साझा चुनाव चिन्हको रुपमा लौरो कायम गरिएको भए पनि बालेनको निर्देशनमा सोही पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रवक्ता रोहन कार्कीले कुनै छलफल नगरी ‘देश विकास पार्टी’ बनाएको ‘लौरो अभियान’का संस्थापक अभियन्ता डम्बर साहुले बताए । उनका अनुसार लौरो चुनाव चिन्ह कब्जा गर्ने अधिकार बालेनलाई छैन ।

देशभरबाट ३६७ जनाले स्वतन्त्र उम्मेद्वारी दिएपछि ‘हाम्रो नेपाली पार्टी’ खोलेर साझा चुनाव चिन्हको रुपमा लौरो कायम गरिएको भए पनि बालेनको निर्देशनमा सोही पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रवक्ता रोहन कार्कीले कुनै छलफल नगरी ‘देश विकास पार्टी’ बनाएको ‘लौरो अभियान’का संस्थापक अभियन्ता डम्बर साहुले बताए । 

‘बालेन साहले राजनीतिक बार्गेनिङको हतियारका रूपमा प्रयोग गरेको देखिएकाले हामी स्वतन्त्र व्यक्ति तथा लौरो अभियानका अभियन्ताहरूको गम्भीर ध्यानाकर्षण भएको छ’, उनीहरुले विज्ञप्तिमार्फत् भनेका छन्, ‘वर्तमान अवस्थामा बालेन साह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित,सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट माग छ।’

बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता भएसँगै लौरो चुनाव चिन्हसँगको सम्बन्ध समाप्त भइसकेको अभियानको ठहर छ । लौरोलाई स्वतन्त्र प्रतिकको रुपमा प्रस्तुत गर्दै आएका उनीहरुले चुनाव चिन्ह फिर्ता नगरे देश विकास पार्टीको कार्यालय र बालेनको घर घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् ।

रविको सहोदर दाजु हरिशरणसमेत आज दिनभर लौरो अभियान समूहसँगै व्यस्त थिए । 

रोचक के छ भने, रास्वपा सभापति रवि लामिछाने र बालेनबीच सात बुँदे सहमति भइसकेको अवस्थामा हरिशरण लामिछाने भने लौरो अभियानमा सक्रिय बनेका छन् । रविको सहोदर दाजुसमेत रहेका उनी आज दिनभर लौरो अभियान समूहसँगै व्यस्त थिए । पत्रकार सम्मेलनमा समेत उनी आयोजक बनेर मञ्चमा बसेका थिए । त्यस्तै, रास्वपाबाट निश्कासित मुकुल ढकाल पनि उक्त समूहको विशेष भेलामा सहभागी थिए ।

टिप्पणीहरू