टोपबहादुरको मुद्दामा मिसिल झिकाउने आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग र शुरु अदालतबाट मिसिल झिकाई पेश गर्ने आदेश भएको छ ।
उच्च अदालत, पाटनका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले आज यस्तो आदेश गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाख ३१ गते पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले २०८० असार १ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
रायमाझीले ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४’ को दफा ७१ (१)(२) बमोजिम गरिपाऊँ’ भन्दै जिल्लामा रिट दायर गरेका थिए । तर, जिल्ला अदालतले मागबमोजिमको आदेश नदिएपछि उनी उच्च गएका हुन् ।
उनले दायर गरेको मुद्दाको दर्ता नम्बर ०८२–एपी–०८६९ रहेको छ । सो रिटमाथि आजको सुनुवाईपछि कैफियत प्रतिवेदन माग र मिसिल झिकाउने आदेश भएको हो ।
टिप्पणीहरू