रास्वपालाई सामाजिक सञ्जाल : हिजो भाँडो,आज घाँडो

रास्वपालाई सामाजिक सञ्जाल : हिजो भाँडो,आज घाँडो

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमार्फत उम्मेदवारीको प्रचार प्रसार नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उक्त कार्यमा कडाइ गरेको छ । सामाजिक सञ्जालमा हुने अत्यधिक प्रचार प्रसारले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई उम्मेदवारी दिनबाट निरुत्साहित गरेको उसको ठहर छ । 

यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिँदै यसअघि सामाजिक सञ्जालमा राखिएका उम्मेदवारीसम्बन्धी सबै सामग्री हटाउनसमेत आग्रह गरिएको छ। आज जारी विज्ञप्तिमा रास्वपाले भनेको छ, ‘यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका सामग्रीहरू हटाउन निर्देशन गरिन्छ ।’

उम्मेदवारी आवेदन दिने सदस्यलाई सामाजिक सञ्जालमा एकपटक मात्र फोटो पोष्ट गर्न पाउने व्यवस्था मिलाइएको छ । साथै निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू