अरुलाई दुत्कार्दा दुत्कार्दै रवि आफ्नै १२ भाइको चेपुवामा

अरुलाई दुत्कार्दा दुत्कार्दै रवि आफ्नै १२ भाइको चेपुवामा

सहकारी ठगीको आरोपमा जेल परे पनि धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नै १२ भाइबाट धोका भएको टिप्पणी हुन थालेको छ। अरूलाई विभिन्न आरोप लगाउँदै आएका लामिछाने समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा समाबिष्ट १२ जनाले नाम फिर्ता लिएपछि उनीमाथि नै ‘१२ भाइ’को फर्किएको छ ।

सामाजिक सञ्जाल र मनोरञ्जनको दुनियाँमा रमाइरहेकालाई छानीछानी समानुपातिक सूचीमा राख्दा विवाद उत्पन्न भएको हो । तीमध्ये १२ जनाले नाम फिर्ता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा विभिन्न आरोप लागेकाहरूलाईसमेत समेटिएको देखिन्छ । त्यसमध्ये केहीले नाम फिर्ता लिए पनि केही चाहिँ अझै सूचीमै कायम छन् ।

समानुपातिकमा भक्तपुरकी पूर्व पत्रकार सुनिता न्हुमाफुकी लगायतलाई पनि राखिएको छ । उनी ‘कृषि र प्रविधि’ मासिक पत्रिकाका प्रकाशक हुन् । कृषिमा लागेपछि पत्रिका प्रकाशन रोकिएको उनले बताइन् । उक्त पत्रिका २०७६ सालदेखि प्रकाशित हुन छाडेको छ । हाल उनी कृषि मेसिनरी व्यवसायी संघकी उपाध्यक्ष हुन् । सोही संस्थाको हैसियतमा उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र, सिटिइभिटीलगायत निकायमा आवद्ध छिन् ।

टिप्पणीहरू