स्वदेश फर्कनुअघि अमेरिकी राजदूत शीतल निवासमा

स्वदेश फर्कनुअघि अमेरिकी राजदूत शीतल निवासमा

नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाई भेट गरेका छन् । 

तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका उनले आज शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेका हुन् । 

त्यसक्रममा राष्ट्रपति पौडेलले राजदूत थम्पसनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार बिदाई भेटमा नेपाल र अमेरिकाबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा पनि कुराकानी भएको छ ।

टिप्पणीहरू