भारतीय सेनाका गुप्तचर प्रमुख आए नेपाल

भारतीय सेनाका गुप्तचर प्रमुख आए नेपाल

नेपालमा आगामी फागुन २१ गते हुन लागेको आमनिर्वाचनको वस्तुस्थिति बुझ्न भारतीय सेनाका गुप्तचर प्रमुख नेपाल आएका छन् । भारतीय सेनाको इन्टेलिजेन्स प्रमुख (डाइरेक्टर जनरल अफ मिलिटरी इन्टेलिजेन्स) लेफ्टिनेन्ट जनरल आर.एस. रमण तीन सदस्यीय टोलीसहित अस्ति नयाँ दिल्लीबाट काठमाडौं आएका हुन् । 

रमण दिउँसो २ बजे एअर इण्डियाको उडान नम्बर एआई २१७ मा तीन सदस्यीय टोलीको नेतृत्व गर्दै यहाँ आइपुगेका थिए । सोल्टी होटलमा बसेको उक्त सैन्य टोलीले हिजो सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेको थियो । 

भेटघाटपछि दिउँसो भैरहवा पुगेर लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका लेफ्टिनेन्ट जनरल रमण आज दिउँसो १२ बजे बुद्ध एयरको उडानमा काठमाडौं फर्किने र भोलि शनिबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

Lieutenant General R.S. Raman is a three-star officer in the Indian Army, currently serving as the Director General Military Intelligence (DGMI), leading critical intelligence operations, and previously commanded significant formations like the 3rd Infantry Division and an Infantry Brigade in high-altitude areas, known for his strategic insights on geospatial tech and military decision-making. He is a decorated officer, receiving honors like the PVSM, AVSM, and YSM, and has been involved in high-level delegations, including interactions with the Chinese PLA and representing India at international defense forums.

टिप्पणीहरू