गगन-बिश्वको भेलामा लुम्बिनीबाट ६० प्रतिशत ओइरिँदै

गगन-बिश्वको भेलामा लुम्बिनीबाट ६० प्रतिशत ओइरिँदै

५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माले आव्हान गरेको बिशेष महाधिवेशनका पक्षमा लुम्बिनी प्रदेशबाट बहुमत देखिएको छ । प्रदेश अध्यक्ष अमरसिंह पुनका अनुसार बिशेष महाधिवेशनका पक्षमा लुम्बिनीका ५२ निर्वाचन क्षेत्रबाट १ हजार ३ सय ५२ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

रुपन्देही, दाङ र बर्दिया सभापतिहरु मात्र सभापति शेरबहादुर देउवाको पक्षमा छन् । यद्यपि ती तीन जिल्लाका बहुमत प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुने दावी गरिएको छ । 

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ६० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनका पक्षमा खुलेका छन् । ९ जिल्ला सभापतिहरु पनि विशेष महाधिवेशनको पक्षमा देखिएको अध्यक्ष पुनले बताए । पश्चिम नवलपरासी, पाल्पा,गुल्मी,अर्घाखाँची,बाँके, कपिलवस्तु,प्युठान,रोल्पा र पूर्वी रुकुमका जिल्ला सभापतिले हस्ताक्षर नै गरेर विशेष महाधिवेशनको पक्षमा खुलेको पुनले जानकारी दिए । रुपन्देही, दाङ र बर्दिया सभापतिहरु मात्र सभापति शेरबहादुर देउवाको पक्षमा छन् । यद्यपि ती तीन जिल्लाका बहुमत प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुने दावी गरिएको छ । 

सभापति देउवाका अत्यन्त निकट मानिएका नेता बालकृष्ण खाँण र भरत शाहकै क्षेत्रबाट बहुमत प्रतिनिधिले सहभागिता जनाउन लागेको बताइएको छ । रूपन्देहीबाट ८० जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । रूपन्देहीका निर्वाचन क्षेत्रबाट १ सय ३० जना र भातृ संस्थाबाट ७ गरी १ सय ३७ जना महाधिवशेन प्रतिनिधि रहेका छन् ।

 

टिप्पणीहरू