काँग्रेसको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भोलि र पर्सि राजधानीमा विशेष महाधिवेशनको आवश्यक तयारी पूरा गरेका छन् । बैठकले विशेष महाधिवेशनबारे आवश्यक निर्णय गर्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू