प्रचण्ड र माधव रुकुम पुग्नुअघि...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव केन्द्रित एकता सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल रुकुम पुगेका छन् ।
उनीहरुको पूर्व निर्धारित यात्रामा मौसम बाधक बनिदिएपछि भाषण सुन्न आएकाहरुले लामो समय कुर्नुपरेको छ ।
श्री एयरलाइन्सको उडान नम्बर एसएचए ४३१ मा बिहान नेपालगन्ज जान लागेको ५० जना यात्रु सवार विमान दिउँसो १२ बजे उडेर पनि अवतरण हुन नसकेपछि साढे १ बजे काठमाण्डौ फर्केको थियो । त्यसपछि कैलाश हेलिकोप्टरमा दिउँसो साढे २ बजे रुकुम गएपछि आमसभा शुरु भएको हो ।


टिप्पणीहरू