भृकुटीमण्डपमा नाम दर्ता, अन्यत्र जुलुस

भृकुटीमण्डपमा नाम दर्ता, अन्यत्र जुलुस

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा शुरू भएको छ। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूले भृकुटीमण्डपमा नाम दर्ता गराउन थालेका छन् । नाम दर्ताका लागि महाधिवेशन प्रतिनिधिहरुलाई एक हजार शुल्क तोकिएको छ ।

महाधिवेशनको उद्घाटनअघि शक्ति प्रदर्शनको रूपमा काठमाडौँ र ललितपुरका छ स्थानबाट जुलुस निकालिँदै छ । महाधिवेशन आयोजक समितिका अनुसार बिहान ११ बजे सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट निकालिने जुलुस भृकुटीमण्डपमा पुगेर एकीकृत हुने कार्यक्रम छ।

विशेष महाधिवेशन उद्घाटन दिउँसो १ बजे गरिँदै छ । उद्घाटन समारोहपछि आजै बेलुकी शुरु हुने बन्दसत्र भोलि सकिने छ ।


 

टिप्पणीहरू