मिठाइ खाएपछि संरक्षक

मिठाइ खाएपछि संरक्षक

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबीच १२ बुँदे सम्झौता भएको छ । आज दुई शीर्ष नेताले सम्झौता पत्रमा हस्ताक्षर गर्दै एकअर्कालाई मिठाइ खुवाएर पार्टी एकीकरण गर्ने औपचारिक निर्णय गरेका हुन् । 

एकीकृत पार्टीको नाम 'जनता समाजवादी पार्टी नेपाल' र चुनाव चिन्ह 'छाता' कायम रहने बताइएको छ । पार्टी समायोजनको लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति समेत घोषणा गरिएको छ । जसको संरक्षकमा ठाकुर र अध्यक्षमा यादव चयन भएका छन् । सदस्यहरुमा अर्जुन थापा, उमाकान्त झा, चन्द्रेश्वर पासवान, उमेश यादव, निर्जला राउत, वलविर नेपाली लगायत छन् । 

त्यस्तै, समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने पनि सम्झौता पत्रमा उल्लेख छ ।

टिप्पणीहरू