जुवा घरमा एक रात नाचेर फर्किइन् सन्नी लियोनी
बलिउड अभिनेत्री सन्नी लियोनी दिल्ली फर्किएकी छन् । होटल बाराही (चार तारे)को निमन्त्रणामा हिजो काठमाडौँ आइपुगेकी उनी आज साँझ नयाँ दिल्ली फिर्ता भएकी हुन् ।
लियोनीले हिजो बाराही होटलको बादशाह क्यासिनोमा प्रस्तुती दिएकी थिइन् । उनले ‘लैला मैँ लैला’ गीतमा कम्मर मर्काउँदा क्यासिनोका भिआइपी पाहुनाहरु झुमेका थिए । त्यस्तै उनले ‘मेरा पिया घर आया’ बोलको गीतमा पनि प्रस्तुती दिएकी थिइन् । वान पिसमा सजिएकी लियोनीलाई कोरसमा नेपाली कलाकारले साथ दिएका थिए ।
पूर्वा पाेर्नस्टार समेत रहेकी लियोनीको प्रस्तुतीले क्यासिनोको माहोल नै गर्माएको सार्वजनिक फोटो भिडियोमा देख्न सकिन्छ । क्यासिनोले लियोनीको पारिश्रमिक भने खुलाएको छैन । यसअघि हायात होटलको कार्यक्रममा आउँदा उनले सवा एक करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो ।
टिप्पणीहरू