‘एनआइएमबी युनियन–पे कार्ड’ बजारमा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‘एनआइएमबी युनियन–पे कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ । आधुनिक भुक्तानी सेवा विस्तार गर्ने उद्देश्यसहित बैंकले यो सेवा शुभारम्भ गरेको हो ।
बैंकका अनुसार नेपाल र विदेशमा समेत स्वीकार्य यो कार्डमार्फत ग्राहकले सहज रुपमा कारोबार गर्न सक्नेछन् । यसले ग्राहकको अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउने बैंकको विश्वास छ ।
यस्तो कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । सीमित अवधिका लागि उपलब्ध यो सुविधाबाट ग्राहकले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालिन कार्ड सुविधाको फाइदा लिन सक्नेछन् ।
बैंकले यो सुविधाको फाइदा लिन ग्राहकलाई समयमै कार्डका निम्ति आवेदन दिन आग्रह गरेको छ । यसले ग्राहकलाई कार्ड आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ ।
इन्भेष्टमेण्ट मेगा बैंकले देशभर दुई सय ७१ शाखा, दुई सय ५९ एटीएम, ६५ एक्सटेन्सन काउण्टर, ६५ शाखारहित बैंकिङ्गमार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
टिप्पणीहरू