सभापतिलाई ‘रोइलो नगर्न’ शर्माकाे सुझाव

सभापतिलाई ‘रोइलो नगर्न’ शर्माकाे सुझाव

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई ‘माथि जाने बेलामा धेरै रोइलो नगर्नुस्’ भन्दै विशेष महाधिवेशनको अपनत्व लिन आग्रह गरेका छन् । आज भृकुटीमण्डपमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भोलि बिहानदेखि सुरु हुने बन्दसत्रमा उपस्थित भएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका हुन् । 

‘आदरणीय शेरबहादुर दाई, तपाई टिभी वा यो प्रत्यक्ष प्रशारण हेर्दै हुनुहुन्छ भने आग्रह गर्न चाहन्छु, तपाई ८० कटिसकेको मेरो पिता सरहको मान्छे हो, माथि जाने बेलामा धेरै रोइलो नगर्नुस्’, उनले भने, ‘भोलि बिहान बन्द सत्रको हलमा आएर सम्माजनक नेतृत्व हस्तान्तरण गर्नुहोस् ।’ 

मेडिकल व्यवासायी समेत रहेका शर्माले संस्थापन पक्षधर नेताहरुलाई पाँच विकल्प दिने भन्दै एक विकल्प सुनाए । ‘आउनुस्, चुनाव लड्नुस्, तपाईंहरुले जिते पनि वा हारे पनि पार्टीको लोकतान्त्रिक अभ्यास अझै बलियो हुन्छ’, चार विकल्प बन्दसत्र हलमै दिने शर्तसहित अघि सुनाए, ‘यदि हारिहाल्नु भयो भने हामी एउटा रथ हायर गरेर भए पनि फूलमालासहित घरसम्म पुर्याउनेछौँ ।’

टिप्पणीहरू