राष्ट्रपति फर्केपछि राप्रपा जाँदै
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार अगाडिको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, मन्त्रीहरु, संवैधानिक निकायका अधिकारी, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।
पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।
राप्रपाले साढे १० बजेपछि भृकुटीमण्डपबाट निकाल्ने र्याली पृथ्वीनारायण शाहको शालिकसम्म पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा सोही अवसरमा चियापान आयोजना गरिँदैछ ।
अन्य विभिन्न संघ, संस्था र अभियन्ताहरुले पनि सिंहदरबारको पश्चिम गेट पुगेर शाहको शालिकमा माल्यार्पण गर्ने क्रम शुरु भएको छ ।
टिप्पणीहरू