सिटमुनि १० किलो चाँदी

सिटमुनि १० किलो चाँदी

भारतबाट अवैध रुपमा नेपाल ल्याउन लागिएको १० किलोग्राम चाँदीसहित दुई नेपालीलाई सीमावर्ती भारतीय प्रहरीले पक्राउ गरेको छ । 

भारतको कोतवाली ठानाका इन्चार्ज सुधिर ल्यागीको कमाण्डमा खटिएको प्रहरीले प्रदेश नं. ३ ०१ ०२३ च ०४१७ नम्बरको कारको सिटमुनि लुकाएर नेपाल ल्याउन लागिएको चाँदीसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ का राजेश रजक र पर्सा पोखरिया ६ का समिरकुमार सिंह छन् । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको बताईएको छ ।

बरामद भएको चाँदी ९ किलो ९ सय ९९ ग्राम रहेको र त्यसको भारतीय बजारमा करिब २६ लाख मूल्य रहेको बताइएको छ । नेपाल-भारत सीमा क्षेत्रमा नेपालबाट सुन र भारतबाट चाँदीको अवैध तस्करी हुँदै आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीप क्षेत्रीमाथि तस्करी नियन्त्रणमा ध्यान नदिएको आरोप छ ।

टिप्पणीहरू