टाेखामा समातिए बैंकिङ्ग कसुरका अभियुक्त
बैंकिङ्ग कसुरको अभियोगमा फरार दुई जना समातिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० का भक्तबहादुर पछाईँ र काठमाडौंको टोखा नगरपालिका–७ का उमेश अधिकारी पक्राउ परेका हुन् ।
रुपन्देही जिल्ला अदालतले बैंकिङ्ग कसुरको अभियोगमा पछाईँलाई १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तोकेको थियो । त्यसैगरी, अधिकारीलाई एक लाख ४७ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।
अदालतको फैसलापछि फरार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भैरहवाबाट नियन्त्रणमा लिएको हो । फैसला कार्यान्वयनका लागि दुवैलाई अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू