नयाँ बसपार्कका होटलमा लागूऔषध बाेकेका युवायुवती
काठमाडौंको टोखाबाट लागूऔषधसहित युवायुवती पक्राउ परेका छन् । टोखा नगरपालिका–९, गोंगबु शिवमन्दिरस्थित दिप सागर होटलबाट उनीहरुलाई प्रहरीले पक्रेको हो ।
प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–११ घर भई हाल चावहिल बस्ने २६ वर्षीय महेन्द्र तामाङ र बागलुङ घर भएकी २२ वर्षीया निरुता अदेही मगर पक्राउ परेका छन् ।
विशेष सूचनामा आधारमा आज बिहान प्रहरी प्रभाग गोंगबुको टोली होटल पुगेको थियो । त्यसपछि उनीहरु बसिरहेको ५१५ नम्बरको कोठा चेकजाँच गर्दा झयालको पर्दा राख्ने पाइपभित्र लुकाएर राखिएको अवस्थामा खैरो हिरोइन भेटिएको हो ।
प्लास्टिकमा डल्लो पारेर राखिएको सो लागूऔषध तौल गर्दा ६.४४ ग्राम पाइएको प्रहरीले जनाएको छ । यससम्बन्धमा थप अनुसन्धान जारी छ ।
टिप्पणीहरू