सिक्किमका मुख्यमन्त्री काठमाडौं आइपुगे
भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ काठमाडौं आएका छन् ।
उनी नयाँ दिल्लीबाट एअर इण्डियाको उडान नम्बर एआई २११ मा साँझ पौने ७ बजे आइपुगेका हुन् ।
त्रिभुवन विमानस्थलबाट मुख्यमन्त्री तामाङ सोझै नक्साल,नागपोखरीस्थित होटल मेरियट गएका छन् ।
भोलिबाट उनको औपचारिक भेटघाट शुरु हुने खबर छ ।
टिप्पणीहरू