खैरो हेरोइनसहित समातिएका युवकलाई अदालती म्याद
प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको संयुक्त टोलीले २४ वर्षीय दिपेन्द्र चाईलाई पक्राउ गरेको हो ।
रुपन्देहीको मायादेवी गाउँपालिका–३ बस्ने चाईलाई सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट समातिएको प्रहरीले जनाएको छ । उनको कोठाबाट २६ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरिएको छ ।
प्रहरीका अनुसार रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान थालिएको छ
टिप्पणीहरू