जेन जी उमेरमै ठगीमा पाेख्त
अरुको कम्पनीको कागजातमार्फत लाखौं रकम ठगेको आरोपमा एक किशोर समातिएका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–७, बस्ने १९ वर्षीय क्रमिक उप्रेती उक्त अभियोगमा पक्राउ परेका हुन् ।
उनले ‘वाइड स्पेस इन्टरनेशनल प्रालि’ को स्थायी लेखा नम्बर (प्यान नम्बर) लगायतका महत्त्वपूर्ण कागजात दुरुपयोग गरेर इसेवामार्फत ५६ लाख ३३ हजार ६०३ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । कार्यालयका अनुसार उनको साथबाट एउटा ल्यापटप, तीन वटा मोबाइल, १६ वटा एनसेल, तीन वटा नमस्ते तथा एउटा स्मार्टको सिमकार्ड, एउटा पेनड्राईभ र एउटा मेमोरी कार्ड बरामद गरिएको छ ।
उप्रेतीलाई बैंकिङ्ग कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।
टिप्पणीहरू