काजीसा’बलाई कारवाही गरियोस्
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१२, कपन चौकीनजिक आदर्शनगरमा एउटा मनकामना नामक हार्डवेयर तथा रङ पसल छ । सञ्चालक सिन्धुपाल्चोकका बिन्दुकुमार र श्रीमती सरिता थापा हुन् । २० वर्षअघि कपनका कांग्रेस नेता डिपी डोटेलसँग २० हजारमा यो हार्डवेयर पसल किनेका थिए । मीनाकुमारी सिलवालको घरको र अर्को एक घरको समेत गरी तिनले जम्मा तीन सटर निःशुल्क रुपा थापा दम्पतीले उपभोग गरिरहेको छ ।
हाल घरधनी अमेरिकामा भएकाले सटरको भाडा उठाएर पठाइदिए पुग्छ । यसबीच थापाले एउटा अर्को घर जग्गा ४० लाखमा किने र तीन तले बनाए । त्यस्तै कपन खरिबोटमा अर्को घर पनि संयोगले किन्न पाए । आफ्नो रङ पसलसँगै दलित क्रिश्चियनले भन्ने जय मुसी शव्दलाई बिगारेर कहिले जय मु... भन्ने, कहिले पसलसँगै गीता श्रेष्ठको लेडिज टेलर्सकी साहुनीलाई एक्लै हुँदा के छ ज्यापुनी भन्ने गर्छन् । अरु मान्छे देखे भने मात्र के छ नेवार्नी भन्छन् । उक्त लेडिज टेलर्स कपनका कांग्रेस नेता गजेन्द्र श्रेष्ठले चलाउँछन् ।
हाल जेठी र कान्छी बुहारीमा भागबण्डा भएकाले कान्छी गीताको त्यसमा पकड छ । उक्त पसलमा दोलखा घर भई चाबहिल शान्तिगोरेटो बस्ने बुढाथोकी थरका मोटर मेकानिक पनि उपस्थित रहन्छन् । त्यहाँ गजेन्द्र श्रेष्ठको घरका कुरा ज्यादा हुन्छन् भने छेउको स्टेशनरी पसलका साहुजीलाई ज्यादा दुःख दिन्छन्, कहिले आएको ग्राहक भाँडिदिन्छन् त सामान किनिसकेकालाई पनि महँगो छ, नराम्रो सामान दिन्छ भनेर भगाइदिन्छन् । थापा दम्पतीले स्टेशनरीका भाइलाई समेत जातीय अपमान हुने शब्दहरु बोल्छन् भने सधैं के–के बोलेर मानसिक तनाव दिन्छन् । स्टेशनरी जाने बाटो पनि कहिले बन्द गर्छु, गारो लगाउँछु भनिसके । बाटोभरि कुचो खरेटो आदि राखेर बन्द गरिदिन्छन् । यस्तालाई स्थानीय सरकारले कारवाही गरोस् ।
– प्रत्यक्षदर्शी
(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू