अर्थतन्त्र १ खर्ब ४० अर्ब हजार युआन, चिनियाँ राष्ट्राध्यक्ष भन्छन्-‘जनता महान’
चीनका राष्ट्राध्यक्ष सि जिनपिङले मुलुकको अर्थतन्त्रको आकार एक सय ४० ट्रिलियन युआन पुगेको जानकारी दिनुभएको छ । राजधानी बेइजिङबाट नयाँ वर्ष २०२६ को शुभकामना दिँदै चीनको अर्थतन्त्र हिजो बेलुकीसम्म १ खर्ब ४० अर्ब हजार युआन पुगेको सन्दर्भमा आजदेखि आर्थिक तथा सामाजिक विकाससम्बन्धी १५औँ पञ्चवर्षीय योजना प्रारम्भ भएको बताउनुभएको छ ।
विगत पाँच वर्षमा चिनियाँ जनता र सरकारले दृढ संकल्प र साहसका साथ अघि बढ्दै धेरै कठिनाइ र चुनौती पार गरेकाले १४ औं योजनामा तय गरिएका लक्ष्यहरू पूरा भएको उहाँको भनाइ छ । यसले चिनियाँ आधुनिकीकरणको नयाँ यात्रामा ठोस प्रगति हासिल गर्दै आर्थिक उत्पादनले निरन्तर नयाँ स्तर पार गरेको छ ।
चिनियाँ जनताप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँको भनाइ छ, ‘पछिल्लो पाँच वर्ष साँच्चिकै असाधारण थिए । हाम्रा उपलब्धिहरू सजिलै प्राप्त भएका होइनन्। तपाईंहरूको अथक परिश्रमले हाम्रो राष्ट्रलाई समृद्ध र सशक्त बनाएको छ। तपाईंहरूको उल्लेखनीय मेहनत र अमूल्य योगदानप्रति म हार्दिक सम्मान प्रकट गर्दछु।’
यो वर्ष मनाइएको चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासीवादविरोधी युद्दमा विजयको ८०औँ वार्षिकोत्सवले चीनलाई इतिहास सम्झन, शहीदहरूको सम्मान गर्न,शान्ति जोगाउन र अझ राम्रो भविष्य निर्माण गर्नतर्फ प्रेरित गरेको उहाँले उल्लेख गर्नुभयो । यसले राष्ट्रको महान पुनरुत्थानका लागि शक्तिशाली ऊर्जा एकत्रित गरिरहेको राष्ट्रपति सिको भनाइ छ ।
ज्येष्ठ नागरिकहरुको सुविधामा सुधार गरिएको छ भने बालसहायता अन्तर्गत प्रत्येक परिवारलाई महिनाको ३०० युआन अनुदान प्रदान गर्न थालिएको छ ।
चीनले नवप्रवर्तनमार्फत उच्च गुणस्तरीय विकासलाई गति दिएको,विज्ञान तथा प्रविधिलाई उद्योगसँग गहिरो रूपमा एकीकृत गरिएको परिणाम निरन्तर नयाँ उपलब्धिहरू हासिल भएको ठहर छ । धेरै ठूला एआई मोडेलहरू तीव्र प्रतिस्पर्धामा अघि बढिरहेका र स्वदेशी चिप अनुसन्धान तथा विकासमा महत्वपूर्ण सफलता प्राप्त भएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ । यसले चीनलाई नवप्रवर्तन क्षमतामा सबैभन्दा छिटो वृद्धि गर्ने अर्थतन्त्रहरूमध्ये एक बनाएको शुभकामना सन्देशमा उल्लेख छ ।
गत वर्ष तियानवेन–२ अन्तरिक्ष यानले खगोलीय अध्ययनका लागि आफ्नो यात्रा सुरु गरेको,सिजाङहको यार्लुङ जाङ्बो नदीमा विशाल जलविद्युत् परियोजना थालनी गरिएको,विद्युत् र चुम्बकीय क्याटापल्ट प्रणालीसहितको पहिलो विमानवाहक पोत औपचारिक रूपमा सेवामा प्रवेश गरेको छ । नयाँ आविष्कार र नवप्रवर्तनले नयाँ गुणस्तरीय उत्पादक शक्तिलाई बलियो बनाउँदै चिनियाँ जीवनलाई अझ रंगीन बनाएको राष्ट्राध्यक्षको भनाइ छ ।
सांस्कृतिक विकासमार्फत आफ्नो आध्यात्मिक घरलाई समृद्ध बनाउने क्रममा चिनियाँ सांस्कृतिक सम्पदा,संग्रहालय र अमूर्त सांस्कृतिक सम्पदाप्रति जनचासो तीव्र रूपमा बढेको छ । पछिल्लो युवा पुस्ताले परम्परागत चिनियाँ संस्कृतिलाई सौन्दर्यको सर्वोत्तम अभिव्यक्तिका रूपमा लिन थालेको अवस्थालाई सुखद अनुभूतिको रुपमा लिइएको छ । संस्कृति र पर्यटन उद्योग जताततै फस्टाएको छ ।
चिनियाँ शहर र गाउँका “सुपर लिग” फुटबल प्रतियोगिताहरूले धेरैलाई आकर्षित गर्न थालेको शुभकामना सन्देशमा भनिएको छ । हिउँदमा हिम खेलहरूले जाडो मौसमप्रति जनताको उत्साह जगाएको छ भने चिनियाँ परम्परा आधुनिकतासँग जोडिँदै गएको छ । यसले चिनियाँ संस्कृतिलाई अझ उज्यालो बनाएको उल्लेख छ ।
गत वर्ष तियानवेन–२ अन्तरिक्ष यानले खगोलीय अध्ययनका लागि आफ्नो यात्रा सुरु गरेको,सिजाङहको यार्लुङ जाङ्बो नदीमा विशाल जलविद्युत् परियोजना थालनी गरिएको,विद्युत् र चुम्बकीय क्याटापल्ट प्रणालीसहितको पहिलो विमानवाहक पोत औपचारिक रूपमा सेवामा प्रवेश गरेको छ ।
गत वर्ष चीनमा नयाँ प्रकारका रोजगारीमा संलग्न श्रमिकहरूको अधिकार थप सुरक्षित गरिएको छ । ज्येष्ठ नागरिकहरुको सुविधामा सुधार गरिएको छ भने बालसहायता अन्तर्गत प्रत्येक परिवारलाई महिनाको ३०० युआन अनुदान प्रदान गर्न थालिएको छ । राष्ट्रपतिको निश्कर्ष छ, ‘जब दैनिक जीवनको सुखद धुन हरेक घरमा गुन्जिन्छ, हाम्रो राष्ट्रिय परिवार अझ बलियो बन्छ ।’
सफलतापूर्वक सम्पन्न सांघाई सहयोग संगठन शिखर सम्मेलन र महिलासम्बन्धी विश्व नेताहरूको बैठकसँगै गत वर्ष हाइनान स्वतन्त्र व्यापार बन्दरगाहमा अन्तरमहाद्विप विशेष भन्सार सञ्चालन गरिएको छ । जलवायु परिवर्तनको थप प्रभावकारी रूपमा सामना गर्न चीनले नयाँ राष्ट्रिय रूपमा निर्धारण गरिएका प्रतिबद्धताहरू घोषणा गरेको छ ।
आजको विश्व परिवर्तन र अस्थिरताको दौरबाट गुज्रिरहेको र विश्वका केही क्षेत्र अझै युद्धमा फसेको उहाँले उल्लेख गर्नुभयो । विश्वलाई नयाँ वर्षको शुभकामना दिँदै भन्नुभयो, ‘चीन सधैँ इतिहासको सही पक्षमा उभिन्छ र विश्व शान्ति,विकास तथा मानवजातिको साझा भविष्यको समुदाय निर्माणका लागि सबै देशसँग सहकार्य गर्न तयार छ।’
चीनले “एक देश,दुई प्रणाली” नीतिलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको सन्दर्भमा हङकङ तथा मकाउलाई देशको समग्र विकासमा अझ राम्रोसँग एकीकृत भई दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्न सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । ताइवान जल क्षेत्रका दुवै किनारका चिनियाँहरूबीच रगत र नाताको सम्बन्ध रहेकाले मातृभूमिको पुनःएकीकरण गर्ने समयको मागलाई अब कसैले रोक्न नसक्ने उहाँको ठहर छ ।
‘एक सशक्त चिनियाँ कम्युनिस्ट पार्टीले मात्र हाम्रो देशलाई बलियो बनाउन सक्छ । हामीले पार्टी तथा सरकारको आचरण सुधार गर्न केन्द्रिय नेतृत्वको आठबुँदे निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने अध्ययन तथा शिक्षा कार्यक्रम सुरु गरेका छौं । पार्टीमा विश्वसनीय कडा शासन,भ्रष्टाचारविरुद्ध लड्न सुशासन प्रवर्धन गर्न आत्म–क्रान्तिलाई अघि बढाइएको छ । परिणामस्वरूप पार्टी र सरकारको आचरण निरन्तर सुधार भएको छ,’ चिनियाँ राष्ट्राध्यक्षको शुभकामना सन्देशमा भनिएको छ ।
उहाँले चिनियाँ जनताको सपना महान रहेको, यात्रा लामो रहेको बताउँदै साहसी कदमहरूले गन्तव्यमा पुर्याउने विश्वास दिलाउनुभयो । साहस,ऊर्जाका साथ घोडाझैँ दौडिँदै अघि बढ्न,आफ्ना सपना र सुखका लागि संघर्ष गर्न र महान् उद्देश्यलाई सुन्दर वास्तविकतामा रूपान्तरण गर्न सबै ठाउँमा रहेका चिनियाँ जनतालाई आह्वान गर्नुभएको छ ।
नयाँ वर्षको पहिलो दिन आज बिहान राजधानी बेइजिङको मध्यभागमा रहेको थिआनमन स्क्वायरमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरिएको छ । चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न भएको छ ।
भिडियो स्रोत : सिसिटिभी प्लस
टिप्पणीहरू