धुलिखेलमा ‘पूर्वजन्मको नियति’
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा आयोजित हिमालयन रिम चलचित्र प्रदर्शनीले नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदानका बीउ रोप्न सहयोगी बनेको निश्कर्ष निकालिएको छ । गत शुक्रबार सम्पन्न तीन दिने पहिलो चलचित्र प्रदर्शनीले उत्साहजनक प्रतिक्रिया पाएको बताइन्छ ।
यसले दुई मुलुकबीचको मैत्रीपूर्ण जनस्तरको सम्बन्धलाई थप अगाडि बढाउँदै जनसहभागिताका स्वरूपहरूलाई थप समृद्ध बनाएको निश्कर्ष निकालिएको छ । कार्यक्रममा प्रविधिद्वारा सशक्त चिनियाँ एनिमेसन चलचित्र संस्कृतिलाई बहुआयामिक दृष्टिकोणबाट नेपाली शिक्षक तथा विद्यार्थीहरूसामु प्रस्तुत गरिएको थियो ।
गत बुधबार बिहान एआई प्रविधिमा आधारित प्रवद्र्धनात्मक छोटो भिडियोबाट थालनी गरिएको प्रदर्शनीमा त्यसपछि द स्पिरिट अफ द माउन्टेन्सको विशेष प्रदर्शन गरियो । यी गतिविधिहरूले प्रविधि र संस्कृतिको संगममा चिनियाँ एनिमेसन चलचित्रलेमा भएका नवीन प्रयोगहरू स्थानीय शिक्षक तथा विद्यार्थीहरूलाई प्रत्यक्ष अनुभव गराइएको थियो ।
सोही दिन दिउँसो ह्वाइट स्नेक को प्रदर्शन, सिर्जनात्मक टोलीसँग अनलाइन संवाद तथा ब्लाइन्ड–बक्स अन्तरक्रिया गरिएको थियो । ‘पूर्वजन्मको नियति’ विषयवस्तुमा आधारित उक्त चलचित्रमा लेजन्ड अफ द ह्वाइट स्नेकको शास्त्रीय कथालाई नवीन र समकालीन ढंगले पुनव्र्याख्या गरिएको छ । दर्शकहरू चलचित्रमा पूर्ण रूपमा डुबेका थिए भने आधुनिक सन्दर्भमा चिनियाँ मिथकको नयाँ अभिव्यक्ति महशुस गरिएको बताए ।
भोलिपल्टको “फिङ्गरटिप क्रियेसन्स” कार्यशाला कार्यक्रमको प्रमुख आकर्षण बन्यो। नेपाली हस्तकलाका कलाकारहरूले परम्परागत हस्तनिर्मित कागज बनाउने सम्पूर्ण प्रक्रियाको प्रत्यक्ष प्रदर्शन गरिएको थियो । उनीहरुले यसको दैनिक प्रयोगबारे जानकारी दिए । समूहमा काम गर्दै विद्यार्थीहरूले स्थानीय रूपमा उपलब्ध वातावरणमैत्री कागज प्रयोग गरी न्यू गड्सः याङ जियान, ह्वाइट स्नेक र लेजन्ड्स अफ हेइ २ जस्ता चलचित्रबाट प्रेरित पोस्टर तथा प्रमुख दृश्यका चित्रहरू तयार गरेका थिए ।
यस प्रक्रियामा सहभागीहरूले नेपाली हस्तकला परम्परा र चिनियाँ एनिमेसनलाई सृजनात्मक रूपमा संयोजन गर्दै दुवै देशका सौन्दर्य चेतनाको संगमलाई आफ्नै हातले अनुभव गरेको बताए । सोही दिउँसो न्यू गड्सः याङ जियान को प्रदर्शन गरिएको थियो ।
प्रदर्शनपछिको अनलाइन संवादमा सिर्जनाकर्ताहरूले भौतिकी सिमुलेसन प्रविधिले चलचित्रको पौराणिक संसारलाई कसरी जीवन्त बनायो भन्ने विषयमा चर्चा गरेका थिए । जबकि ब्लाइन्ड–बक्स गतिविधिले कार्यक्रमको सहज र उत्साहपूर्ण वातावरणलाई निरन्तरता दिएको थियो ।
शुक्रबारका दिन काठमाडौं विश्वविद्यालयमा आयोजित फिल्म प्रदर्शनी अन्तिम चरणमा थियो । बिहान बेइजिङ नर्मल विश्वविद्यालयकी प्राध्यापक झाङ यानले “चलचित्र उद्योगमा एआईद्वारा प्रेरित रूपान्तरण र नवप्रवर्तन” शीर्षकमा विशेष प्रवचन दिएकी थिइन् । उनले कृत्रिम बुद्धिमत्ताले चलचित्र निर्माण र उद्योग विकासमा ल्याइरहेको परिवर्तनबारे चर्चा गरिन् ।
त्यसबखत शिक्षक तथा विद्यार्थीहरूसँग गहिरो संवादको आयोजना गरियो । त्यसपछि आयोजित सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन खण्डमा न्यू गड्सः याङ जियान का कलेक्सन कार्ड र सिर्जनात्मक ब्लाइन्ड–बक्स जस्ता चिनियाँ चलचित्र सामग्रीहरू विद्यार्थीहरूमाझ निकै लोकप्रिय देखियो ।
सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रकी प्रमुख योजनाकार ली चियानले भनिन्, “हामी आशा गर्छौं कि सौन्दर्य र कथावस्तुले भरिपूर्ण यी सांस्कृतिक उत्पादनहरूले नेपाली युवाहरूलाई चिनियाँ एनिमेसनको दृश्य आकर्षण मात्र होइन, त्यसभित्र रहेको सांस्कृतिक भावना र नवप्रवर्तनको आत्मा पनि अनुभूति गराउनेछ।’
दिउँसो लेजन्ड्स अफ हेइ २ को प्रदर्शनपछि नेपाली शिक्षक तथा विद्यार्थीहरूले चिनियाँ टोलीसँग हस्ताक्षर आदानप्रदान र सामूहिक तस्बिर खिचेका थिए । “हिमाल वरिपरि, हामी तस्बिरमाप भेटिन्छौं” लेखिएको ब्यानर समात्दै खिचिएको फोटोले काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रम भव्य रूपमा समापन भएको सन्देश दिइएको थियो ।
सहभागीहरुले काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रमले सांस्कृतिक संवादको मूल भावनालाई निरन्तरता दिनुका साथै कार्यशाला जस्ता नवीन अभ्यासमार्फत् पर्दाबाट औंलासम्मको आदानप्रदान विस्तार गरेको निश्कर्ष निकालेका छन् । सह–सृजनामार्फत् चिनियाँ र नेपाली सौन्दर्य परम्पराको जीवन्त संगमलाई सम्भव बनाउँदै, यसले हिमाली क्षेत्रको जनस्तरीय आदानप्रदानमा एक अर्थपूर्ण अध्याय थपेको निचोड निकालेका हुन् ।
टिप्पणीहरू