‘ताइवान चीनकै अभिन्न अंग’, ‘एक चीन नीति’ मा विश्व प्रतिबद्ध
संयुक्त राज्य अमेरिकाले ताइवानलाई हतियार बेचेपछि उत्पन्न परिस्थितिमा विश्वका धेरै मुलुकले एक चीन नीतिलाई दोहोर्याएका छन् । उनीहरुले एक–चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता पुनः जनाउँदै ताइवान अलग हुनै नसक्ने र राष्ट्रिय पुनःएकीकरणका लागि चीनले गरेको न्यायोचित प्रयासप्रति दृढ समर्थन जनाएका छन्।
रुसी विदेश मन्त्रालयले ताइवान चीनबाट अलग हुने खालका कुनै पनि गतिविधिको विरोध गर्दै एक–चीन सिद्धान्तप्रति रुसको प्रतिबद्धता पुनः दोहोर्याएको छ । रुसले अमेरिकाको नाम उल्लेख नगरी केही देशले एक–चीन सिद्धान्तलाई एकातिर समर्थन गरेको देखाउँदै तथाकथित ‘यथास्थिति’ कायम राख्नुपर्ने वकालत गरेको सन्दर्भलाई उजागर गरेको छ । यस्तो धारणा राख्ने कुनैपनि देशले चीनको पूर्ण पुनःएकीकरणलाई स्वीकार गर्न नसकेको र ताइवान मामिलामा चीनलाई नियन्त्रणमा राख्ने बहानाका रूपमा प्रयोग गर्न खोजेको अर्थ लगाइएको छ ।
रुसी विदेश मन्त्रालयले ताइवान प्रश्नबारे रुसको सैद्धान्तिक धारणा स्पष्ट, स्थिर र उच्च नेतृत्व तहबाट पटक–पटक पुष्टि भइसकेको उल्लेख गरेको छ। ताइवान चीनको अविभाज्य अंग भएकाले त्यहाँका पृथतकतावादी शक्तिका कुनै पनि गतिविधिको कडा विरोध गर्ने रुसले जनाएको छ। ताइवान मामिला चीनको आन्तरिक भएकाले आफ्नो राष्ट्रिय सार्वभौमिकता तथा भू–अखण्डता जोगाउने पूर्ण वैध अधिकार चीनसँग रहेको रुसको धारणा छ ।
उता पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दारले एक–चीन सिद्धान्तसहित चीनका सबै मूलभूत मुद्दामा पाकिस्तानको दृढ समर्थन रहेको बताएका छन्। दारले ताइवान चीनको अभिन्न भूभाग भएको र चीनको जन गणतन्त्र सरकार नै सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैध सरकार भएको पाकिस्तानको ठहर छ ।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले सामाजिक सञ्जालमार्फत् वक्तव्य जारी गर्दै अमेरिकाले चीनको ताइवान क्षेत्रमा गर्ने हतियार बिक्रीको कडा विरोध जनाएको छ । एक–चीन सिद्धान्तप्रति पुनः समर्थन गर्दै ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकी नीतिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको उल्लेख छ ।
यसबाट वाशिङ्टनले आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धता उल्लंघन गरेको, चीनको सार्वभौमिकता तथा भू–अखण्डतामा आँच पुर्याउने कोशिस गरेको र एशिया–प्रशान्त क्षेत्रमा शान्ति तथा सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गराएको भेनेजुएलाको ठहर छ ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू