भोलि फर्कनुअघि चिनियाँ राजदूत शीतल निवासमा

भोलि फर्कनुअघि चिनियाँ राजदूत शीतल निवासमा

नेपालका लागि जनगणतन्त्र चीनका राजदूत छन सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाई भेट गर्नुभएको छ । तीन वर्षे कार्यकाल पूरा गरी भोलि स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङले आज राष्ट्रपति पौडेलसँग शीतल निवासमा बिदाई भेट गर्नुभएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

टिप्पणीहरू